PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

नेपालको फिफा वरीयता सुधार



पहिलोपोस्ट

नेपालको फिफा वरीयता सुधार
फाइल फोटो

काठमाडौं: नेपाली फुटबल टोलीको फीफा वरीयतामा सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको नयाँ वरीयता अनुसार नेपालको १६८ औं स्थानमा पुगेको हो।

यसअघिको वरीयतामा नेपाल १७१ औं स्थानमा रहेकोमा अहिले सुधार भएर १६८ औं स्थानमा पुगेको छ। विश्व वरीयतामा नेपाल सबैभन्दा माथि १२४ औं स्थानसम्म पुगेको छ भने पछाडि १९६ औं स्थानसम्म पुगेको छ।

पछिल्लो समय नेपालले थ्री नेशन्स कप र विश्वकप तथा एसिया कप छनोटका खेलहरु खेलेको थियो।

विश्व वरीयतामा बेल्जियम शीर्षस्थानमा यथावत रहेको छ भने ब्राजिल दोस्रो स्थानमा उक्लिएको छ। एशियाका शीर्ष तीन जापान, इरान र अस्ट्रेलिया विश्ववरीयामा क्रमश २४, २६ र २८ औं स्थानमा छन्।

दक्षिण एसियामा भारत १०५ औं स्थानमा, अफगानिस्तान १५३ औं स्थान र माल्दिभ्स १५८ औं स्थानमा रहँदै नेपाल भन्दा अघि छन्। त्यस्तै भुटान १८७ औं स्थानमा रहँदा बंगलादेश १८८ र पाकिस्तान १९८ र श्रीलंका २०५ औं स्थानमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell