PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

ईपीएल: भैरहवाले भित्र्यायो श्रीलंकन खेलाडी दिनेश चण्डिमललाई, प्रशिक्षकमा दासानायके नै



पहिलोपोस्ट

ईपीएल: भैरहवाले भित्र्यायो श्रीलंकन खेलाडी दिनेश चण्डिमललाई, प्रशिक्षकमा दासानायके नै

काठमाडौं: एभरेस्ट प्रिमियर लिग (ईपीएल) को फ्रेन्चाइजी भैरहवा ग्लाडियटर्सले श्रीलंकाको राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डिमललाई विदेशी खेलाडीका रुपमा अनुबन्धित गरेको छ। त्यस्तै प्रशिक्षकमा पुबुदु दासानायकेलाई नै निरन्तरता दिएको छ।

चान्डिमल श्रीलंकाको टि२० आई टोली कप्तानी गर्ने सर्वाधिक कम उमेरका खेलाडी हुन्। सन् २०१३ मा चान्डिमलले बंगलादेशविरुद्ध २३ वर्ष १ सय ३३ दिनको उमेरमा कप्तानी गर्दै श्रीलंकाबाट टि२० आईमा नेतृत्व गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए।

२०१४ को टि२० विश्वकप उपाधि श्रीलंकाले जित्दा चान्डिमल पनि उक्त टोलीका सदस्य थिए। श्रीलंकाले फाइनलमा भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो। चान्डिमल ओडिआईमा पनि श्रीलंकाबाट कम उमेरमा कप्तानी गर्ने खेलाडी हुन्। उनले २०१३ मा दक्षिण अफ्रिकाविरुद्ध ओडिआईमा कप्तानी गरेका थिए।

चान्डिमलले श्रीलंकाबाट ६२ टेस्ट, १ सय ४९ ओडिआई र ५७ टि२० आई खेल खेलेका छन्। टि२० आईमा चान्डिमलले ५ अर्धशतक सहित कुल ८ सय ६८ रन जोडेका छन्। चान्डिमलले राजस्थान रोयल्सबाट आईपीएल खेलिसकेका छन्। ३१ वर्षिय विकेटकिपर ब्याट्सम्यान चान्डिमल श्रीलंका वर्तमान टोलीका प्रमुख ब्याट्सम्यान हुन्। चान्डिमलले श्रीलंका टेस्ट, ओडिआई र टि२० तीनै शैलीमा कप्तानी गरेका छन्।

पछिल्लो समय ईपीएलका फ्रेन्चाइजीहरुले धमधाम चर्चित विदेशी खेलाडी अनुबन्धित गरिरहेका छन्। जसमा पाकिस्तान टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीदेखि, शोहेब मल्लिक र वेस्टइन्डिजका कार्लोस ब्रेथवेटलगायतका खेलाडीहरुको नाम घोषणा भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell