PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

अख्तियारको छानबिन टोली वीरगंज महानगरमा



राधेश्याम पटेल

अख्तियारको छानबिन टोली वीरगंज महानगरमा

वीरगंज : अख्तियार दूरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोली अनुसन्धानको लागि वीरगंज महानगरपालिकामा आएको छ। महानगरको राजस्व महाशाखामा अख्तियारको टोलीले कर्मचारीसँग सोधपुछ तथा विभिन्न फाइलको विवरणबारे छानबिन शुरु पनि गरिसकेको छ।

अख्तियारमा परेको उजुरीको सम्बन्धमा छानबिन गर्न ५ सदस्यीय टोली वीरगंज महानगरमा आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख अर्जुन प्रसाद शर्माले जानकारी गराए।

‘छापा हानिएको होइन, उजुरीको सम्बन्धमा छानबिन गर्न टोली वीरगंज पुगेको हो’, उनले भने, ‘छापा हानिएको हल्ला भएको छ, छापा हान्दा फाइल र मानिस नियन्त्रणमा लिइन्छ।’

अनुसन्धान टोलीले सुक्ष्म अनुसन्धान गरिरहेको र छानबिनपछि कार्यालयले आधिकारिक प्रतिक्रिया दिने बताए। यसअघि अख्तियारको टोली वीरगंज महानगरको वडा नम्बर १४ पिपरास्थित कार्यालयमा छानबिन गर्न टोली पुगेको थियो।

राजस्व सम्बन्धी विभिन्न शुल्क उठाउने, रसिद नकाट्ने वा काटे पनि राजश्व दाखिला महानगरमा नगर्ने, मालपोत तिरो अर्थात सम्पत्ति करमा हिनामिना सम्बन्धी वडा नम्बर १४ पिपरामा अनुसन्धान गरेपछि सोही वडाको कागजात जाँचबुझ गर्न टोली महानगरमा आएको महानगरका कर्मचारी स्रोतले बताएको छ।

वीरगंज महानगरका मेयर विजयकुमार सरावगीले वडा नम्बर १४ को आर्थिक गतिविधिबारे छानबिन गर्न महानगरमा टोली पसेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell