PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

लुम्बिनी सरकारको निर्णयः क्यान्सर, मिर्गौला र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग



पहिलोपोस्ट

लुम्बिनी सरकारको निर्णयः क्यान्सर, मिर्गौला र मुटु रोगका बिरामीलाई दुई लाख आर्थिक सहयोग

बुटवलः लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। शपथलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला तथा मुटु रोगका बिरामीलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए।

बैठकले कोरोना हटलाइन एम्बुलेन्स सञ्चालन गर्ने तथा कोरोनाको एन्टिजेन परीक्षणको लागि घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ। खोप कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय पनि बैठकले गरेको छ।

बैठकले प्रदेश सरकार कार्यसम्पादन पहिलो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell