PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र सवारीमा प्रहरीको नजरः पहिलो दिन कोही कारबाहीमा परेनन्, केही बैंकले सुरुमा नै खबर गरे



पहिलोपोस्ट

राति ८ बजेपछि काठमाडौं उपत्यकाभित्र सवारीमा प्रहरीको नजरः पहिलो दिन कोही कारबाहीमा परेनन्, केही बैंकले सुरुमा नै खबर गरे

काठमाडौंः काठमाडौं उपत्यकाभित्र बिहीबार राति ८ बजेदेखि सवारी साधन गुड्नलाई रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयन गर्ने हिजो (बिहीबार) ठुलो सङ्ख्यामा काठमाडौँका तीनै जिल्लामा प्रहरी खटाइयो।तर प्रहरीले हिजो कुनै पनि सवारी साधनका चालकलाई कारबाही भने गरेन। अर्थात् ८ बजेपछि अनावश्यक रूपमा सार्वजनिक सवारी लिएर हिँड्ने मानिस नभेटिएको प्रहरीले दाबी गरेको हो।

'हामीले नियम उल्लङ्घन गर्ने धेरै होलान् भनेर त्यही अनुसार ड्युटी खटाएका थियौँ। तर मानिस आफैँ सचेत हुनु भएछ। कोहीले पनि उल्लङ्घन गरेको पाइएन,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसपी संजिव शर्मा दासले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिहीबार राति तीन जिल्लामा ३ सय ६२ ठाउँमा प्रहरी खटाएको थियो। ७ सय भन्दाबढी प्रहरी खटिएका थिए। रातीको अनुगमन गर्ने एसपीसम्म डियुटीमा थिए। बिहान २ बजेसम्म ट्राफिक प्रहरीले सडकमा निगरानी गरेको एसपी दासले दाबी गरेका छन्। हिजो केही सवारी साधनलाई केही समय होल्ड गरेर आवश्यकता बुझेर पठाइएको थियो। यसरी होल्ड हुनेमा केही बैंकका कर्मचारी थिए।

त्यस्तै केही बैंकले भने पहिले नै ट्राफिकलाई आफ्ना कर्मचारीहरू ८ बजेपछि पनि काम गर्ने भएकाले बाटोमा सहजीकरण गर्न अनुरोध गरेका थिए। मेगा, माछापुच्छ्रे बैंकले प्रहरीलाई कर्मचारीको सङ्ख्या समेत दिएका थिए।

 'केही बैंकले सुरुमा नै जानकारी दिनु भएको थियो। त्यसैले हामीलाई पनि सजिलो भयो। अरू मानिसलाई पनि आवश्यकता हेरेर छोडेका थियौँ,' एसपी दासले भने।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमण बढेको समयमा होटेल, रेष्टुरेष्ट लगायतमा मानिस सवारी लिएर भिडभाड गरेको भन्दै ८ बजेपछि सवारी साधनमा रोक लगाएको थियो। निर्माण ढुवानी, अत्यावश्यक सवारी,बिरामी कुरुवा, सुरक्षाकर्मी लगायतका सवारीलाई भने रोक लगाइएको छैन।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell