PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने', थुनामुक्तको माग गर्दै सर्वोच्चमा दिएका थिए निवेदन



पहिलोपोस्ट

अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने', थुनामुक्तको माग गर्दै सर्वोच्चमा दिएका थिए निवेदन

काठमाडौं : बम विस्फोट गराएको घटनामा पुर्पक्षको लागि कारागारमा रहेका सांसद तथा पूर्व मन्त्री मोहम्मद अफताव आलमको आज सुनवाइ नहुने भएको छ।

न्यायधिश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको सुनवाइ हेर्न नमिल्नेमा राखिएको हो। ०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा जिल्ला अदालत रौतहटले थुनामा पठाएको थियो। जिल्ला अदालतको निर्णय उच्च अदालतले पनि सदर गरेको थियो। आलम नख्खु कारागारमा छन्। आफू छुट्न पाउनु पर्ने माग राख्दै आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

घटना भएपछि पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको थिएन। सर्वोच्च अदालतले ०६९ जेठ १६ गते जाहेरी दर्ता गर्न प्रहरीलाई आदेश गरेको थियो। त्यसको केही वर्षपछि मात्र आलम पक्राउ परेका थिए।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell