PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

भक्तपुरको नाग पोखरीमा यसरी गरियो नागलाई दूध अभिषेक

भक्तपुरको नाग पोखरीमा यसरी गरियो नागलाई दूध अभिषेक

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौंः आज देशभर नाग पञ्चमी मनाइएको छ। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिन्छ।

यसरी घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। काठमाडौंको नक्सालस्थित नागपोखरी, भक्तपुरको नाग पोखरीमा भक्तजनहरु दर्शन गर्न पुगेका थिए।

प्रचलन अनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ। आजको दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मानिन्छ।

आजको दिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell