PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

महाधिवेशनको मुखमा कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले किन दिए राजीनामाको चेतावनी?



पहिलोपोस्ट

महाधिवेशनको मुखमा कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले किन दिए राजीनामाको चेतावनी?

काठमाडौं: नेपाली कांग्रेसका सबै आमन्त्रित केन्द्रीय सदस्यले सामूहिक राजीनामाको चेतावनी दिएका छन्। शुक्रबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा भएको केन्द्रीय समितिको बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको चेतावनी दिएका हुन्।

आमन्त्रित केन्द्रीय सदस्यलाई काममा खटाउने तर अधिकार भने नदिने व्यवस्था भएकोले आफूहरुले सामूहिक राजीनामाको तयारी गरेको सदस्य बालकृष्ण पाण्डेले बताए।

'हामीलाई केन्द्रीय सदस्य सरह काममा खटाउने तर अधिकार नदिने भए पछि के काम? बरु विधानबाटै यो आमन्त्रित्र सदस्य पद खारेज गरिदए हुन्छ नि,' पाण्डेले पहिलोपोस्टसँग भने, 'त्यसैले हामीले राजीनामाको कुरा गरेका हौं।'

आमन्त्रित केन्द्रीय सदस्यहरुले राजीनामाको चेतावनी दिए पनि पार्टी सभापति देउवाले यसलाई अस्वीकार गर्ने जनाएका छन्। यता वरिष्ठ नेता रामचन्द्र पौडेलले भने अन्याय हुन नदिने भन्दै आमन्त्रित केन्द्रीय सदस्यहरुलाई थुम्थुमाउने प्रयास गरेका छन्।

किन राजीनामाको चेतावनी?

नेपाली कांग्रेसमा हाल २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन्। विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि आमन्त्रित केन्द्रीय सदस्य भने तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ।

'यही व्यवस्था हटाउन हामीले माग गरेको हो। यसले नयाँ पार्टीबाट आउनुभएका साथीहरुलाई अन्याय हुन्छ,' पाण्डेले भने, 'कोही फोरमबाट आउनुभएको छ। कोही राप्रपाबाट आउनुभएको छ। उहाँहरुलाई अन्याय त गर्न भएन नि।'

महाधिवेशनको मुखमा किन राजीनामा त? जवाफमा पाण्डेले भने, 'अहिले अब निर्वाचन निर्देशिका जाँदैछ। यसमा आमन्त्रित केन्द्रीय सदस्यलाई पनि अधिकार तोकियोस् भनेर हो।' लोकतान्त्रिक पार्टीमा सिन्डिकेट प्रणाली सह्य नहुने उल्लेख गर्दै उनले नेतृत्वबाट मागको सुनुवाइ हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell