PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

राजीनामाको धम्की दिने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुलाई रामहरि खतिवडाको प्रश्न, 'अलि लाज भो, आफ्नो हैसियत जिल्लामा हेर्ने कि!'



राजीनामाको धम्की दिने कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुलाई रामहरि खतिवडाको प्रश्न, 'अलि लाज भो, आफ्नो हैसियत जिल्लामा हेर्ने कि!'

काठमाडौं : नेपाली कांग्रेसका आमन्त्रित सदस्यहरुको मागप्रति नेता रामहरि खतिवडाले लाज लाग्दो माग भएको प्रतिक्रिया दिएका छन्। शुक्रवार आमन्त्रित सदस्यहरुले महाधिवेशनमा आउन केन्द्रीय सदस्यकै हैसियत माग्दै सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामाको चेतावनी दिएका थिए

नेपाली कांग्रेसमा हाल २२ जना आमन्त्रित केन्द्रीय सदस्य छन्। विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था भए पनि आमन्त्रित केन्द्रीय सदस्य भने तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने व्यवस्था छ।

यही व्यवस्थाप्रति आपत्ति जनाउँदै आमन्त्रित केन्द्रीय सदस्यहरुले सभापति देउवासामु राजीनामाको चेतावनी दिएका थिए। यता उक्त मागप्रति प्रश्न गर्दै नेता खतिवडाले आफ्नो हैसियत जिल्लामै हेर्नुपर्ने बताएका छन्।

ट्वीटरमा उनले भनेका छन्, 'नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्यहरु पनि अब पार्टीको चुनावमा जिल्लामा निर्वाचित नभई महाधिवेशन प्रतिनिधि हुने रे? अलि लाज भो, हिम्मत भए सबै केन्द्रीय सदस्यहरु वडा हुँदै जिल्लाबाट निर्बाचित भएरै आउने प्रयास गरौं। आफ्नो हैसियत जिल्लामा हेरौ। हुन्न र?'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell