PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

स्याललाई हानेको गोली छोरालाई लागेपछि…



पहिलोपोस्ट

स्याललाई हानेको गोली छोरालाई लागेपछि…

रामपुरः पाल्पाको रिब्दीकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ। शुक्रवार साँझ ६ बजेतिर गोली लागेका  धनबहादुरको मृत्यु भएको हो।

उनका बुवा ५६ वर्षीय कर्णबहादुर लम्तरीले घरदेखि अन्दाजी सय मिटर नजिकै मकै बारीमा भरुवा बन्दुकले जङ्गली स्याललाई हान्ने क्रममा अचानक छोरा धनबहादुरको टाउकामा गोली लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

एकनाले भरुवा बन्दुकसहित कर्णबहादुरलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell