PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

झापामा संक्रिय संक्रमितको सङख्या ३ हजार भन्दा बढी



पहिलोपोस्ट

झापामा संक्रिय संक्रमितको सङख्या ३ हजार भन्दा बढी

काठमाडौंः झापामा साउन १६ गते रातिबाट निषेधाज्ञा लगाए पनि अझै कोरोना संक्रमण कन्ट्रोलमा आउन सकेको छैन।

दैनिक औसत २ सय भन्दा बढी कोरोना संक्रमित थपिइरहेका छन्। शुक्रवार १ सय ७३ जनामा संक्रमण देखिएको हो। त्यस्तै दुई जनाको मृत्यु समेत भएको छ। झापामा संक्रमिय संक्रमितको सङख्या दैनिक ३ हजार माथि नै रहेको छ। शुक्रवार ३ हजार २ स ५४ जना संक्रिय संक्रमित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाइले जानकारी दिए।

झापाका मुख्य सिटिहरु दमक, गौरादह, भद्रपुर, विर्तामोड लगायत क्षेत्रमा सबैभन्दा धेरै संक्रमित फेला परिरहेका छन्। अहिलेसम्म झापामा २० हजार ३ सय ८९ जनामा कोरोना संक्रमण देखापरिसकेको छ। त्यस्तै संक्रमण भएका ५ सय ५ जनाको मृत्यु समेत भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell