काठमाडौंः स्याङजामा एक बृद्धले पुलबाट हाम फाल्दा बेपत्ता भएका छन्।
आज बिहान सवा ११ बजेतिर स्याङ्जा गल्याङ नगरपालिका-१ राम्दीपुलबाट हाम फालेको प्रहरीले जानकारी दिएको छ।पाल्पा रैनादेवी छहरा गाँउपालिका-५ बस्ने वर्ष ८७ को जुद्द बहादुर कार्की हाम फालेका थिए।
बेपत्ता भएको भन्ने खबर प्राप्त हुन साथ प्रहरी टोली खटि गई स्थानियको सहयोगमा खोजतलास भईरहेको प्रहरीले जानकारी दिएको छ।
