PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने



पहिलोपोस्ट

पाँचौँ पटक सारियो कांग्रेस महाधिवेशनको मिति, अब मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने
फोटोः रासस

काठमाडौँः नेपाली कांग्रेसको १४औँ केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने भएको छ। सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको निर्धारित मिति सारेको हो। 

महाधिवेशन काडमाडौँमा हुनेछ। 

यसअघि भदौ १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय भएको केन्द्रीय सदस्य बहादुरसिं‌ह लामाले जानकारी दिए।

बैठकले क्रियाशील सदस्यताको अन्तिम नामावली र निर्वाचन निर्देशिका बुझाउने अन्‍तिम म्याद भदाै २ गतेसम्म तोकेको छ। 

परिमार्जित तालिका अनुसार अब वडास्तरको अधिवेशन भदौ १८ गते हुनेछ। गाउँ र नगरको अधिवेशन भदौ २७ गते हुनेछ। यस्तै प्रदेश निर्वाचन क्षेत्रमा असोज १ गते, प्रतिनिधि सभा निर्वाचन क्षेत्रको असोज ५ र जिल्ला अधिवेशन असोज १० गते हुनेछ। प्रदेश सभाहरुकाे अधिवेशन असोज १०, ११ र १२ गते हुनेछ। 

यस्तै, संघीय निर्वाचन क्षेत्रको अधिवेशन भने असोज ५ गते हुनेछ। 

संविधान र कांग्रेसको विधान अनुसार आउँदो भदौ २३ भित्र कांग्रेसको महाधिवेशन भइसक्नुपर्ने हुन्छ। २०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवा नेतृत्वले पटक-पटक कार्यतालिका सार्वजनिक गरे पनि महाधिवेशन हुन सकेको छैन। कांग्रेसको विधान अनुसार २०७६ फागुन २४ मा देउवा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिएको थियो।

यद्यपि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद बढाइयो। उक्त समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell