PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

फर्नान्डेजको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित



पहिलोपोस्ट

फर्नान्डेजको ह्याट्रिकमा म्यानचेस्टर युनाइटेडको जित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा लिड्स युनाइटेडलाई हराउँदै म्यानचेस्टर युनाइटेडले सुखद सुरुवात गरेको छ। ओल्ड ट्राफोर्डमा सम्पन्न लिगको आफ्नो पहिलो खेलमा म्यानचेस्टरले लिड्स युनाइटेडमाथि ५-१ गोलअन्तरले जित निकालेको हो।

म्यानचेस्टरको जितमा ब्रुनो फर्नान्डेजले ह्याट्रिक पुरा गर्दा म्यासन ग्रिनउड र फ्रेडले समान १/१ गोल गरे। उता लिड्सका लागि लुक ऐलिङले सान्त्वना गोल फर्काए।

खेलको ३० औं मिनेटमा पउल पोग्बाको पासमा फर्नान्डेजले गोल गर्दै म्यानचेस्टरलाई खेलमा अग्रता दिलाएका थिए। पहिलो हाफमा म्यानचेस्टर एक गोलले अघि रह्यो।

दोस्रो हाफमा लिड्सका ऐलिङले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले खेलको ४८ औं मिनेटमा गोल फर्काए पनि म्यानचेस्टर युनाइटेड त्यसपछि थप आक्रमक बन्यो।

खेलको ५२ मिनेटमा पोग्बाको पासमा ग्रीनउड र ५४ औं मिनेटमा उनकै पासमा फर्नान्डेजले गोल थपे। त्यस्तै ६० औं मिनेटमा अर्को गोल थप्दै फर्नान्डेजले यो सिजन लिगमा आफ्नो पहिलो खेलमै ह्याट्रिक पुरा गर्न सफल भए। त्यसपछि खेलको ६८ औं मिनेटमा म्यानचेस्टरकै फ्रेडले गोल थप्दा म्यानचेस्टर युनाइटेडले लिड्समाथि ५-१ गोलअन्तरको जित निकालेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell