इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई हराउँदै लिगमा सुखद सुरुवात गरेको छ। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सीले प्यालेसलाई ३-० को सहज जित निकालेको हो।
खेलको २७ औं मिनेटमा मार्कोस एलोन्सोको गोलमा चेल्सीले अग्रता बनाएको थियो। त्यस्तै ४० औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल थप्दा पहिलो हाफमा चेल्सी दुई गोलले अघि रह्यो। दोस्रो हाफमा चेल्सीले अर्को गोल थप्यो। खेलको ५८ औं मिनेटमा ट्रेभो सालाबले गोल थप्दा चेल्सीले सहज जित निकाल्दै लिगमा सुखद सुरुवात गरेको हो।
आजै सम्पन्न अन्य खेलहरुमा ब्राइटनले बर्नलीलाई २-१ गोलअन्तरले हराउँदा एभर्टनले साउथह्याम्टनलाई ३-१ ले हरायो। त्यस्तै लेस्टर सिटीले वुल्भसलाई १-० ले हराउँदा वार्टफोर्डले एस्टोनभिल्लालाई ३-२ गोलअन्तरले हरायो।
