PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

रियल मड्रिडको सहज जितमा बेन्जेमाको दोहोरो गोल



पहिलोपोस्ट

रियल मड्रिडको सहज जितमा बेन्जेमाको दोहोरो गोल
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा अलाभेसलाई हराउँदै रियल मड्रिडले विजयी सुरुवात गरेको छ। मेन्डिजोर्रोर्जा स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली अलाभेसलाई ४-१ ले हराउँदै मड्रिडले लिगमा सुखद सुरुवात गरेको हो।

पहिलो गोल बराबरीमा रोकिएको खेलमा मड्रिडलाई करिम बेञ्जेमाले अग्रता दिलाएका थिए। खेलको ४८ औं मिनेटमा इडन हजार्डको पासमा बेञ्जेमाले अग्रता दिलाएका थिए। त्यस्तै ५६ औं मिनेटमा लुका मोड्रिचको पासमा नाचोले गोल गर्दा ६२ औं मिनेटमा बेञ्जेमाले नै गोल थपेका थिए। त्यस्तै खेलको इन्ज्युरी समयमा भिनिसियस जुनियरले गोल गरेका थिए। त्यसअघि घरेलु टोलीका जोसेलुले ६५ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै सान्त्वना गोल फर्काएका थिए।

गएराति नै सम्पन्न अन्य खेलहरुमा कार्डिज र लेभान्टे तथा मालोर्का र रियल बेटिस समान १-१ को बराबरीमा रोकिँदा ओसासुना र स्पानोयले गोलरहित बराबरीमा रोकिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell