PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पीएसजीको सहज जित, घरेलु मैदानमा मेस्सी लगायतका खेलाडीको स्वागत



पहिलोपोस्ट

पीएसजीको सहज जित, घरेलु मैदानमा मेस्सी लगायतका खेलाडीको स्वागत
Photo: Reuters

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्ट्रासबर्गमाथि जित निकालेको छ। घरेलु मैदानमा पार्क डेस प्रिन्सेसमा पीएसजीले ४-२ गोलअन्तरले जित निकालेको हो।

खेलको तेस्रो मिनेटमै माउरो इकार्डीको गोलमा पीएसजीले अग्रता बनाएको थियो। त्यस्तै खेलको २५ औं मिनैटमा किलियन एम्बाप्पे र २७ औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दा पीएसजी पहिलो हाफमा तीन गोलले अघि रह्यो।

दोस्रो हाफमा स्ट्रासबर्गले खेलमा पुनरागमनको भरपुर प्रयास गरेको थियो। खेलको ५३ औं मिनेटमा केभिन ग्यामेरियो र ६४ औं मिनेटमा लुडोभिच अजोरक्युले गोल फर्काउँदै आफ्नो टीमलाई खेलमा फर्काउन चाहेका थिए। तर ८१ औं मिनेटमा अलेक्सजेन्डर डिकु रेड कार्ड खाँदै बाहिरिए। र, पीएसजीका पाब्लो साराबियाले ८६ औं मिनेटमा एम्बाप्पेको पासमा गोल थपे। र, पीएसजीले ४-२ गोलअन्तरले जित निकाल्यो। पीएसजीको जारी सिजन यो लगातार दोस्रो जित हो।

खेलअघि पीएसजीले यो सिजन अनुबन्धित भएका लियोनल मेस्सी, सर्जियो रामोस लगायतका खेलाडीलाई स्टेडियममा स्वागत गरेका थियो। उनीहरुले स्टेडियममा बसेर खेल हेरेका थिए।

'यो सप्ताह मेरालागि धेरै विशेष छ,' मेस्सीले भनेका थिए, 'मेरो यहाँ नयाँ अवधिका लागि धेरै खुशी र उत्साहित छु।'

फ्यानहरुले मेस्सीको बारे करिव २ मिनेट गीत गाएका थिए। त्यस्तै उनीहरुले रामोसबारे पनि गीत तयार गरेका थिए।

'मेरो लागि यो ठूलो दिन हो।' रामोसले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell