PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

देउवा सरकारलाई गल्ती गर्ने छुट छैन : त्रिपाठी



राधेश्याम पटेल

देउवा सरकारलाई गल्ती गर्ने छुट छैन : त्रिपाठी

वीरगंज : संविधानविद् तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सरकारलाई गल्ती गर्ने छुट नभएको बताएका छन्। वीरगंजको सञ्चारकर्मीसँग कुराकानीको क्रममा उनले यस्तो बताएका हुन्।

वीरगंज प्रेस युनियन पर्साद्वारा आदर्श नगरको होटल कन्ट्रीइनमा आयोजित पत्रकार सम्मेलनमा शनिवार उनले पछिल्लो नेपालको राजनीतिक, संसदीय र न्यायलयको अवस्थाको बारेमा चित्रण तथा विश्लेषण गरेका थिए। उनले देउवा सरकारले ओली सरकारले गरेको गल्तीबाट पाठ सिकेर आफू सच्चिएर अघि बढ्नु आवश्यक हुने बताए।

उनले जनताले स्वास्थ्य सेवा पाउनु पर्नेको संविधानमा सुनिश्चित गरिएकोले त्यसतर्फ आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरे। साथै, देशमा बढेको भ्रष्टाचार र अनियमिततालाई पनि कम पार्दै देशमा सुशासन कायम गराउनतर्फ पनि उनले सरकारको कार्यदिशा अघि बढ्नु पर्नेमा जोड दिए। दुई पटकको संसद पुर्नस्थापना गराउन रिटकर्ता एवं बहसकर्ताको भूमिका निर्वाह गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीले भने, ‘मेरो लागि व्यक्ति विशेषभन्दा संविधान, विधिको शासन र संविधानको मूल्यमान्यता विपरित जो कसै गयो भने कानुनी बाटोबाट जनताको अधिकारको लागि वकालत गरिरहने छु।'

उनले अब असंवैधानिक रुपमा भएको संवैधानिक आयोगका ५२ जनाको नियुक्त बदर गर्नुपर्ने तर्क गरे। उक्त मुद्दाको सुनुवाई विगत ८ महिनादेखि नभएकोले सर्वोच्च अदालतले ती असंवैधानिक नियुक्ती बदर गरेर देशलाई संवैधानिक बाटोमा हिडाउन पनि जरुरी रहेको त्रिपाठीको भनाई थियो। ओली सरकारको पालामा अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जना नियुक्त भएका थिए। त्यस मुद्दामा पनि अधिवक्ता त्रिपाठी रिटकर्ता हुन्। उनले उक्त मुद्दामा प्रधानन्याधीश स्यवंलाई विपक्षी बनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell