PahiloPost

May 27, 2024 | १४ जेठ २०८१

माओवादी स्थायी कमिटीको बैठकले अझै टुंग्याउन सकेन मन्त्रीहरुको नाम



पहिलोपोस्ट

माओवादी स्थायी कमिटीको बैठकले अझै टुंग्याउन सकेन मन्त्रीहरुको नाम
शनिवार देखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक। फोटो: प्रचण्डको सचिवालय

काठमाडौं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले आजको स्थायी कमिटीको बैठकबाट पनि मन्त्रीहरूको टुङ्गो लगाउन सकेन। आज आइतबार बिहान बसेको स्थायी समितिको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाउने विषयमा छलफल भए पनि त्यसलाई टुङ्ग्याउन नसकेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए। 

पेरिसडाँडा पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठक सकिएको छ। अहिले माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। 

बिहान भएको बैठकमा पार्टी नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल भएको थियो। 

शनिवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि समूहगत रूपमा आज छलफल हुँदै छ।

समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा अध्यक्षको प्रतिवेदन पास गर्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए। तत्कालीन नेकपालाई अदालतले पूर्ववत् अवस्थामा फर्काएपछि माओवादी केन्द्रले कार्य विभाजन गरेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell