PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सुनको मूल्यमा तोलाको एक हजार रुपैयाँले बढ्यो, चाँदीमा २० रुपैयाँको वृद्धि



पहिलोपोस्ट

सुनको मूल्यमा तोलाको एक हजार रुपैयाँले बढ्यो, चाँदीमा २० रुपैयाँको वृद्धि

काठमाडौंः गत साता लगातार घटेको सुनको मूल्य आइतबार तोलामा एक हजार रुपैयाँ बढेको छ। गत साता घटेर तोलाको ८९ हजारभन्दा तल पुगेको कारोबार मूल्य साताको पहिलो दिन ९० हजार रुपैयाँभन्दा माथि उक्लिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार प्रतितोला ८९ हजार ७ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार घट्दा गत बुधबार सुन प्रतितोला ८८ हजार ८ सयसम्म आइपुगेको थियो। त्यसयता फेरि क्रमिक बढेको हो।

५ सय बढेर बिहीबार ८९ हजार ४ सय रुपैयाँ प्रतितोला पुगेको थियो भने शुक्रबार ३ सयको बढोत्तरी भएको थियो।

चाँदीको कारोबार मूल्य आइतबार प्रतितोला १२ सय ५ रुपैयाँ भएको छ। गत शुक्रबार ११ सय ८५ थियो। गत बुधबार र बिहीबार चाँदी ११ सय ९० रुपैयाँ प्रतितोलामा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस १७७९.३४ डलर चलिरहेको छ। गत साता घट्दाको अवस्थामा बुधबार १७३२.५० डलरसम्म पुगेको थियो। चाँदी आइतबार प्रतिऔंस २३.७४ डलर छ।    



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell