PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

काबुल पसे तालिवान लडाकु : बल प्रयोग नगर्ने, काबुल छाड्न चाहनेलाई बाटो छाडिदिने



पहिलोपोस्ट

काबुल पसे तालिवान लडाकु : बल प्रयोग नगर्ने, काबुल छाड्न चाहनेलाई बाटो छाडिदिने
PHOTO : BBC

तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेका छन्। त्यहाँका आन्तरिक मामिला मन्त्रीले तालिवान लडाकुहरु काबुल प्रवेश गर्न थालेको बताएको अलजजिराले जनाएको छ।

दोहामा रहेका एक तालिवान नेताले काबुल प्रवेश गर्न लडाकुहरुलाई हिंसा रोक्न र काबुल छाड्न चाहनेलाई सुरक्षित बाहिर जाने बाटो दिन निर्देशन दिइएको बताएका छन्। यद्यपि काबुलमा असर्फ घानी प्रशासनले तालिवानी लडाकुबिरुद्ध जवाफी हमला बोल्छ कि बोल्दै भन्ने स्पष्ट खुलेको छैन।

तालिवानले अनलाइनमार्फत वक्तव्य जारी गर्दै आफ्ना लडाकुलाई हिंसात्मक तरिकाले नियन्त्रणमा नलिने भनेको जनाएको छ। साथै काबुलको गेट प्रवेश नगर्न भनेको जनाएको छ। तालिवानले संवाद जारी रहेकोले बल प्रयोग नगर्न भनेको छ।

तालिवानले वक्तव्य जारी गर्दै काबुलका जो कोही जनताको जीवनमाथि कुनै पनि सम्झौता नहुने बताएका छन्।  उनीहरुले काबुलमा रहेका वित्तिय संस्थाहरु व्यापारी तथा अन्य लगानीकर्ताहरुलाई उनीहरु सम्पत्तिमाथि कुनै हानी नपुग्ने भन्दै आश्वास्त पार्न खोजेका छन्।

यसका बावजुद पनि बैंकका कर्मचारी तथा सर्वसाधारण दिउँसै काम छाडेर घर फर्किन थालेका छन्। 

तालिवान लडाकुहरुले अफगानस्तानको राजधानी काबुलबाहेका सबै प्रमुख शहरहरु कब्जा गरेको छ। पूरा अफगानस्तानलाई नियन्त्रण लिने लक्ष्यसहित तालिवान लडाकुहरु काबुलतर्फ अगाडि बढिरहेको बीबीसीले जनाएको छ।

आइतवार बिहान तालिवानले विना कुनै लडाई जलालाबाद माथि नियन्त्रण लिएका हुन्। अफगानस्थानमाथिको नियन्त्रण सरकारी सेनाले गुमाउँदै जाँदा  राष्ट्रपति असर्फ घानीमाथि राजिनामा दिन दबाव बढ्दै गएको छ।

उनीमाथि अब तालिवान लडाकुसँग अन्तिम समयसम्म लड्नु वा आत्मसमर्पण गर्नुमध्ये एक विकल्पमात्र रहेको जनाएको छ।

अफगानस्तानमाथि सैन्य नियन्त्रण लिने देशामा तालिवान अगाडि बढिरहेको अन्तर्राष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्।

जलालाबाद आइतवार तालिवानको नियन्त्रणमा आएपछि अब अफगानस्तानको केन्द्रीय सरकारको नियन्त्रणमा काबुलसहितका पाँच वटा प्रान्तीय राजधानीमात्र रहेका छन्। ३४ प्रान्तमध्ये बाँकी सबैमा तालिवानले नियन्त्रण जमाएको अल जजिराले जनाएको छ।

जलालाबादमा नियन्त्रणमा लिएसँगै उनीहरुले अर्को प्रान्तीय राजधानीमा पनि नियन्त्रणमा लिएका छन्। खोस्टको प्रान्तीय राजधानीलाई तालिवानले नियन्त्रणमा लिएको त्यहाँको प्रान्तीय परिषद सदस्यले पुष्टि गरेका छन्।

तालिवानहरु पाकिस्तानको सीमा नजिक तोक्रम सीमासमेत पुगेका छन्। त्यस्तै अफगानस्तानका एक सांसदले काबुल मैदान सरमा पनि नियन्त्रणमा लिएका छन्। जुन राजधानी काबुलबाट ९० किलोमिटरको दुरीमा रहेको छ।

यता तालिवानहरु राजधानी काबुल नजिकको सरोबी जिल्लालाई पनि नियन्त्रणमा लिएका छन्। जुन काबुलबाट एक घण्टाको दुरीमा रहेको बताइएको छ।

आइतवार बिहान जलालाबादमा बिना कुनै लडाइ नियन्त्रणमा लिएका तालिवान समक्ष त्यहाँका सरकारी अधिकारीहरुले आत्मसमर्पण गरेका छन्। त्यहाँका सर्वसाधारण नागरिकको रक्षाका लागि भन्दै स्थानीय ब्रुजुकहरु तथा गभर्नर जिया उल हक अमराखिलले तालिवानसँग सम्झौता गर्दै उनीहरुलाई नियन्त्रण सुम्पिएको बताइएको छ। 

जलालाबाद अफगानस्तानलाई पाकिस्तानको मुख्य शहर पेशावरसँग जोड्ने प्रमुख स्थलमार्गको रुपमा लिइन्छ। सम्झौताअनुसार तालिवानहरुले त्यहाँका सरकारी अधिकारी तथा सुरक्षा फौजलाई जलालाबाद छाड्नका लागि सुरक्षित बाटो छाडिदिएका छन्। 

‘जलालाबादमा कुनै पनि तनाव र भिडन्त भएको छैन। किनकी गभर्नरले तालिवान सामू आत्मसमर्पण गरेका छन्,’ जलालावादमा रहेका अफगान अधिकारीले रोयटर्ससँग भनेका छन्, ‘सर्वसाधरणको जोन जोगाउनका लागि तालिवानलाई प्रवेश दिनु एकमात्र विकल्प थियो। आत्मसमर्पणको निर्णय हताहती र विनास रोक्नका लागि लिइएको हो।‘

यता अमेरिकाले आफ्नो दूतावासमा रहेका कुटनीतिज्ञ तथा कर्मचारीहरुलाई काबुलबाट स्थानान्तरण गरेको छ।

अफगानस्तानको पश्चिमी दक्षिणी तथा उत्तरी भुभागहरु कब्जा गर्दै अगाडि बढेको तालिवान लडाकु समूहले पूर्वी क्षेत्रबाट पनि घर्दै गएपछि अमेरिकाले आफ्ना कुटनीतिज्ञहरुको उद्दार गरेको रोयटर्सले जनाएको छ।

अबको केही दिनमा नै तालिवानले काबुल पनि नियन्त्रणमा लिने  अनुमानसहित अमेरिकाले आफ्ना नागरिकहरुको उद्दार थालेको हो।  

अमेरिकी गुप्तचर संस्थाले गत साता मात्र काबुल माथि तालिवानले कम्तिमा तीन महिनामा नियन्त्रणमा लिने अनुमान गरेको थियो। त्यसभन्दा पनि तालिवान लडाकुहरु तीब्र रुपमा अगाडि बढिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell