PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

महिला फुटबल टोलीको बन्द प्रशिक्षण: १७ जना खेलाडी बाहिरिए, २८ जना प्रशिक्षणमा



पहिलोपोस्ट

महिला फुटबल टोलीको बन्द प्रशिक्षण: १७ जना खेलाडी बाहिरिए, २८ जना प्रशिक्षणमा
फाइल फोटो

काठमाडौं: बन्द प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट १७ जना खेलाडी बाहिरिएका छन्। प्रमुख प्रशिक्षक ग्यारी फिलिप्सले ४५ जना खेलाडीबाट २८ जनामा घटाएका हुन्।

एघार खेलाडीहरु क्याम्पबाट रिलिज भएका छन् भने बाँकी रहेका ६ मध्ये पाँच जना नेपाल पुलिसका खेलाडीले परीक्षाका कारण ट्रेनिङ सेसनमा उपस्थित हुन सकेका थिएनन्। त्यस्तै बाँकी एकजनालाई कोभिड संक्रमण भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।

नेपाली टोलीले एएफसी वुमन्स एसियन कप क्वालिफिकेसनका लागि तयारी गरिरहेको छ। जसमा नेपाल रहेको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि स्थानान्तरण भए पनि उज्बेकिस्तानमा सरेको थियो

यी हुन् प्रशिक्षणमा रहेका २८ खेलाडी

अञ्जना रानामगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, बिमला विक, बिमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हीरा कुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शर्मिला थापा, शृजना सिंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell