PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रका सहचिवको नेतृत्वमा समिति गठन



पहिलोपोस्ट

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्रका सहचिवको नेतृत्वमा समिति गठन

काठमाडौं : अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। 

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले यस्तो जानकारी दिए। त्यहाँ रहेका नेपालीहरुबारे बुझ्न, आवश्यकता अनुसारको उद्धारको कार्यका लागि सहसचिव हरिशचन्द्र घिमिरेकाे नेतृत्वमा समिति गठन भएको उनले जानकारी दिए। समितिमा अन्य सरोकारवाला मन्त्रालयका सहसचिव र सीसीएमसीका प्रतिनिधि रहेने उनले बताए। त्यहाँ करिब १५ सय नेपाली रहेको अनुमान गरिएको छ। 

काबुल हेर्ने दिल्लीस्थित नेपाली दूतावासले सम्पर्कमा नरहेका नेपालीलाई सम्पर्क गर्न सूचना जारी गर्ने तयारी गरेको छ। उनीहरुले आफ्नोबारेमा अनलाइनमार्फत जानकारी गराउन सक्ने पौडेलले जानकारी दिए। 

पछिल्लो गत आर्थिक वर्षमा मात्र अफगानस्तानमा रोजगारीका लागि एक हजार ७३ जना नेपालीले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका थिए। जसमध्ये तीन जना महिला छन्। 

२०७३/०७४ यता अफगानस्तानमा काम गर्नका लागि ६ हजार ६३७ नेपालीले स्वीकृति लिएका छन्। यस वर्षको वैशाखदेखि साउन २९ गतेसम्म ३३० जना श्रम स्वीकृति लिएर अफगानस्तान गएको तथ्यांकले देखाउँछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell