PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

प्रहरीको 'अपरेसन यार्सागुम्बा'मा सात जना लुटेरा समातिए



पहिलोपोस्ट

प्रहरीको 'अपरेसन यार्सागुम्बा'मा सात जना लुटेरा समातिए

काठमाडौंः प्रहरीले यार्सागुम्बा लुटेरा समूहलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाको टोलीले शनिवार काठमाडौंको विभिन्न ठाउँबाट सात जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा धर्म ओखेडा, मनोज कुमार श्रेष्ठ, दीपक थापा मगर, विशाल लामा,योङदेश लामा, रोशन श्रेष्ठ, मोहम्मद इसाक रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ७ केजी ४ सय ४० ग्राम यार्सागुम्बा समेत बरामद गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले जानकारी दिए।

उनीहरूले साउन २४ गते यार्सागुम्बा किन्ने भन्दै सिन्धुपाल्चोकका दीपक लामा र सुरेश सापकोटालाई नयाँबसपार्कको एक होटेलमा बोलाएका थिए। एक केजी यार्सागुम्बा २८ लाख रुपैयाँमा किन्ने मौखिक सहमति समेत फोनमा भएको थियो। सहमति अनुसार दुवै जना आफूसँग भएको यार्सागुम्बा लिएर बसपार्क पुगेका थिए।

यार्सागुम्बा लुट्ने मुख्य योजना भने धर्म ओखेडाले बनाएको प्रहरी अनुसन्धानमा देखिएको छ।

तर उनीहरूले झोलामा ल्याएको यार्सागुम्बा सो समुहले लुटेर फरार भएका थिए। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell