PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको न्यरोबडी जहाज बुक, १२ दिनपछि जाने



पहिलोपोस्ट

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको न्यरोबडी जहाज बुक,  १२ दिनपछि जाने

काठमाडौं : अफगानिस्तानमा तालिवान लडाकुहरुले राजधानी काबुललाई घेरा हाल्दै अगाडि बढिरहेका छन्। काबुलका विभिन्न जिल्लामा नियन्त्रण आफ्नो हातमा लिएका छन्। विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्न थालेका छन्। 

नेपालीलाई उद्धार गर्नका लागि भनेर १२ दिन पछिलाई चार्टर उडान बुक गरेको छ। करिब १५ सय नेपाली रहेको अफगानिस्तानमा नेपाली लिनका लागि नेपाल वायु सेवा निगमको विमान बुक भएको निगमका प्रवन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए। दुबईको फ्रिको एफजेड कम्पनीले सो कम्पनी मार्फत अफगानिस्तान पुगेका नेपालीको उद्धारका लागि वायु सेवा निगमको उडान बुक गरेको हो। 

'हामीलाई चार्टर उडानका लागि प्रस्ताव आएको छ। परराष्ट्र मन्त्रालयले यो जोन सेफ छ भनेर निश्चित गरेपछि मात्र यो उडान टुंगो लाग्नेछ। वार जोनमा गएर रिस्क लिन अप्ठ्यारो छ,' उनले भने। परराष्ट्र मन्त्रालयले निश्चित गरेपछि मात्र यो उडान गर्ने सर्त रहेको उनले स्पष्ट पारे। 'परराष्ट्रले राष्ट्रिय ध्वजावाहकको सुरक्षा ग्यारेन्टी गरेपछि मात्र यो उडान हुनेछ,' उनले भने।   

निगमका अनुसार यो चार्टर उडानका लागि अगस्ट २७ को बुकिङ छ। यस अघि पनि निगमको जहाजले अफगानिस्तानतर्फ चार्टर उडान गरिसकेको छ। 

आइतवार नै संसदीय समितिको बैठकले सरकारका नाममा तत्काल अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell