PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

अफगानिस्तानबाट नागरिक फिर्ता ल्याउन तरुण दलको माग



पहिलोपोस्ट

अफगानिस्तानबाट नागरिक फिर्ता ल्याउन तरुण दलको माग

काठमाडौँः नेपाल तरुण दलले अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई स्वदेश फिर्ताको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। 

अध्यक्ष जीतजंग बस्नेतले विज्ञप्ति जारी गर्दै तालिवानको कदमबाट थुप्रै नेपाली नागरिक असुरक्षित भएको भन्दै तत्काल स्वदेश फिर्ताको व्यवस्था गर्न माग गरेको हो। 

विज्ञप्तिमा भनिएको छ, ‘अफगानिस्तानको विद्रोही संगठन तालिवानले विदेशी नागरिकहरुलाई अफगानिस्तान छाड्न चाहेमा समय दिएकोले पनि अफगानिस्तानमा ठूलो संख्यामा रहेको नेपाली नागरिकको सुरक्षित घर फिर्ती र त्यहाँ रहेका आफ्ना नागरिकको जीवन रक्षाको सुनिश्चितताको लागि नेपाल सरकारले तत्काल विशेष पहल गर्न नेपाल तरुण दल केन्द्रीय समिति यसै विज्ञप्तिमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’

परराष्ट्र मन्त्रालयले आइतबार नै उद्दार कार्यमा समन्वयका लागि कार्यदल गठन गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell