PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

विशेष अदालत करिब एक महिनादेखि अध्यक्षविहीन, दैनिक मुद्दा सुनुवाइ नै प्रभावित



पहिलोपोस्ट

विशेष अदालत करिब एक महिनादेखि अध्यक्षविहीन, दैनिक मुद्दा सुनुवाइ नै प्रभावित
फाइल फोटो

काठमाडौँः नेतृत्वविहीन भएको तीन साता पूरा भए पनि विशेष अदालतमा अझै अध्यक्ष सिफारिस हुन सकेको छैन। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले हठात रुपमा तत्कालीन अध्यक्ष प्रेमराज कार्कीलाई सरुवा गरेका थिए। साउन १ गते कार्कीको सरुवा भए पनि अध्यक्ष सिफारिस भएको छैन। अध्यक्ष नहुँदा विशेष अदालतको नियमित इजलास गठन र दैनिक मुद्दा सुनुवाइ नै प्रभावित भएको छ।

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार समेत विपक्षी रहेको ललिता निवास प्रकरणमा उनलाई धरौटीमा रिहा गरेपछि कार्कीको काज सरुवा भएको थियो। उनलाई उच्च अदालत विराटनगरको इलाम इजलास सरुवा गरिएको थियो।

तर, कतिपयले भने गच्छदार प्रकरणमा आवरण भए पनि कार्कीले प्रधानन्यायाधीशका बचन टारेकाले सरुवा गरिएको दाबी गरेका छन्।

न्याय परिषद स्रोतका अनुसार हालसम्म विशेषमा अध्यक्ष सिफारिस भएको छैन।

न्याय परिषदको सिफारिसमा विशेषका अध्यक्ष र सदस्य तोक्ने कार्य मन्त्रिपरिषदले गर्ने गरेको छ। मन्त्रिपरिषदले काममा खटाए पनि कार्की सरुवा भने प्रधानन्यायाधीश जबराले एकल रुपमा गरेका हुन्। काज सरुवाको निर्णयबारे न्याय परिषदका अन्य पदाधिकारीसँग परामर्श नभएको परिषद स्रोतले बतायो।

कार्की सरुवा प्रकरणपछि विशेषमा अहिले दैनिक एकमात्र इजलास बस्दै आएको छ। कार्कीबाहेक अन्य पाँच न्यायाधीश कार्यरत रहे पनि इजलास भने प्रायः एकमात्र बस्दै आएको छ।

एक महिना पूरा हुन लाग्दासमेत अध्यक्ष सिफारिस नहुँदा भ्रष्टाचारका मुद्दा नियमित सुनुवाइ गर्नुपर्ने अदालत प्रभावित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell