PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

साबिक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित



पहिलोपोस्ट

साबिक विजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा टोटेनहम हट्सपरले साबिक विजेता म्यानचेस्टर सिटीलाई हराएको छ। नयाँ सिजन लिगको आफ्नो पहिलो खेलमै सिटीलाई १-० गोलअन्तरले हराउँदै टोटेनहमले लिगमा सुखद सुरुवात गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा टोटेनहमको जितका लागि कोरियाली स्ट्राइकर सन ह्युङ मिनले निर्णायक गोल गरे। ६० हजार दर्शककोबीच सम्पन्न खेलमा उनले खेलको ५५ औं मिनेटमा स्टेभेन बर्जविनको पासमा गोल गरेका थिए।

टोटेनहम छाड्ने चर्चामा रहेको स्टार स्ट्राइकर ह्यारी केनको अनुपस्थितिमै घरेलु टोलीले सुखद सुरुवात गरेको हो। उता सिटीले भर्खरै १०० मिलियन युरोको कीर्तिमानी रकम तिरेर भित्र्याएका ज्याक ग्रिलिसलाई मैदान उतारेको थियो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा न्यु क्यासलमाथि वेस्टहमले ४-२ गोलअन्तरले जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell