PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

बार्सिलोनाको विजयी सुरुवात



पहिलोपोस्ट

बार्सिलोनाको विजयी सुरुवात
Photo: Reuters

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न लिगको आफ्नो पहिलो खेलमा बार्सिलोनाले सुखद सुरुवात गरेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले रियल सोसिडाडमाथि ४-२ गोलअन्तरले जित निकालेको हो।

जेरार्ड पिक्वेको गोलमा १९ औं मिनेटमा अग्रता बनाएको बार्सिलोनाका लागि मार्टिन ब्रेथवेटमा पहिलो हाफको इन्ज्युरी समयमा गोल थपे। दोस्रो हाफमा ब्रेथवेटले नै फेरि अर्को गोल गरे। उनले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए।

उता सोसिडाडका लागि ८२ औं मिनेटमा जुआन लोबेटे र ८५ औं मिनेटमा मिकेल ओयार्जबालले गोल गरे। खेलको इन्ज्युरी समयमा बार्सिलोनाका सेर्जी रोबर्टोले गोल थपे। र, बार्सिलोनाले खेल ४-२ ले आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा लिगको साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोमाथि ४-२ गोलअन्तरले जित निकाल्यो। त्यस्तै सेभियाले रायो भाल्लेकानोमाथि ३-० को जित निकाल्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell