PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

अफगानिस्तानमा रहेका नेपालीको चाँडै उद्दार गर्ने सरकारको निर्णय
फाइल फोटो।

काठमाडौं : सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्दार गर्ने निर्णय गरेको छ।

सोमवार बसेको मन्त्रिपरिषदको बैठकले अफगानिस्तानमा रहेका नेपालीलाई उद्दार गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले उद्दारका लागि समन्वायात्मक भूमिमा निर्वाह गर्ने बताए।

'सरकारले अफगानिस्तानको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ। नेपालीलाई सीघ्र उद्दार गर्ने र नेपाल सरकारका सम्बन्धित निकायले समन्वयात्मक रुपमा कार्य अगाडि बढाउने छन्,' उनले भने।

यस्तै, भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुको समस्या समाधानका लागि सरकारले कुटनीतिक पहल गर्ने निर्णय गरेको छ। बेलायतको लण्डनमा जारी धर्नाबारे सरकारको ध्यानकर्षण भएको भन्दै कार्कीले समस्या समाधानका लागि पहल गर्ने बताए।

उनले कुटनीतिक माध्यमबाट सरकारले समस्या समाधानका लागि पहल गरिरहेकाले आमरण अनशनमा रहेकालाई अनशन फिर्ता लिन आग्रह गरे।

'लण्डनमा जारी अनशनका बारेमा सरकारको ध्यानाकर्षण भएको छ। यस समस्यालाई कुटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिवद्ध रहेकाले आमरण अनशन फिर्ता लिन आह्वान गरेको छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell