PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

नारायणी अस्पतालको फार्मेसीमा अख्तियारको छापा



पहिलोपोस्ट

नारायणी अस्पतालको फार्मेसीमा अख्तियारको छापा

वीरगंज : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाको टोलीले नारायणी अस्पतालमा छापा हानेको छ। 

वीरगंजस्थित नारायणी अस्पतालको फार्मेसीमा छापा हानिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौडाका प्रमुख अर्जुनप्रसाद शर्माले जानकारी गराए। 

उपसचिव विष्णुप्रसाद सापकोटाको नेतृत्वमा आएको ५ सदस्यीय छानविन टोलीले छापा मारेको उनले पुष्टि गरे। विभिन्न सञ्चार माध्यममा नारायणी अस्पतालको फार्मेसीको १ करोड २३ लाख अनियमितता भएको समाचारको सम्बन्धमा छानबिन गर्न टोली पठाइएको उनले बताए।

‘अहिले धेरै भन्न मिल्दैन, टोली वीरगंजको नारायणी अस्पतालको फर्मेसीमा पुगेको छ। छानबिन गरिरहेको छ। विस्तृत विवरण पछि जानकारी गराउने छु,’ उनले भने । यता, नारायणी अस्पतालमा अख्तियारको छापा परेपछि चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुमा खैलाबैला मच्चेको छ। नारायणी अस्पतालका चिकित्सक डा. उदयनारायण सिंहले भने, ‘मैले पनि सुनेको हो। फार्मेसीतिर होला।’

उनले अख्तियारको अनुसन्धानमा प्रशासनले सघाउने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell