PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस



पहिलोपोस्ट

प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र सिफारिस

जनकपरधामः प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता हरिशंकर मिश्रलाई नियुक्त गर्ने सिफारिस  गरिएको छ।

मन्त्रिपरिषद् बैठकबाट मिश्रलाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा सिफारिस गरेको हो। मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपति कार्यालयमा पत्र पठाइएको छ।

महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने उनी नेपाली कांग्रेसका नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन्। मिश्र नेपाली कांग्रेसबाट संसद समेत निर्वाचित भएका थिए।

यससँगै केपी शर्मा ओली सरकारको सिफारिसमा नियुक्त भएका राजेश अहिराज पदमुक्त हुने भएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell