PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

अफगानिस्तान प्रकरणमा सदनलाई जानकारी दिन सभामुखको रुलिङ, गोकुल बास्कोटाको प्रश्न : सरकारले अझै थाहा पाएन? 



पहिलोपोस्ट

अफगानिस्तान प्रकरणमा सदनलाई जानकारी दिन सभामुखको रुलिङ, गोकुल बास्कोटाको प्रश्न : सरकारले अझै थाहा पाएन? 
फाइल फोटो।

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। आजको प्रतिनिधिसभा बैठकमा सभामुखले सदनलाई जानकारी गराउन रुलिङ गरेका हुन्। 

'प्रतिनिधिसभा सहित मेरो ध्यानकर्षण भएको छ। त्यहाँका नेपालीलाई सकुशल उद्दार गरिनुपर्छ,' सभामुख सापकोटाले भने, 'म यसबारे अर्को बैठकमा जवाफ दिन सरकारलाई निर्देशन गर्दछु।'

आजको बैठकमा सांसद गोकुल बास्कोटाले सार्कको अध्यक्ष मुलुक रहेको हैसियतमा सरकारले के गरिरहेको छ भन्दै प्रश्न गरेका थिए। '२० वर्षपछि इतिहास दोहोरिएको छ। दुनियाँ त्रस्त छ। भयभीत छ,' बास्कोटाले भने, 'हामी सार्कको अध्यक्षता गरिरहेको सरकार ...।'

उनले जनकवि धर्मराज थापालाई उद्धृत गर्दै  भने - दुनियाँभर मादल बज्दा पनि यो सरकारले केही थाहा पाएन।

'संकटमा परेका नेपाहीहरुले आफ्नो देश छ र सरकार छ भन्ने थाहा  पाएनन्। हामीले यस्तो अनुत्तरदायी सरकार छ भन्ने सोचेका थिएनौँ,' उनले भने।

सरकारले केही पनि थाहा नपाएको भन्दै उनले कडा आलोचना गरे। 'झन्डै दुई तिहाइको यो सरकारले अझैसम्म केही थाहा पाएन। उहाँले आफू थाहा पाउनुभएन। उहाँले आफ्ना समकक्षीसँग पनि हस्तक्षेप, प्रतिहस्ताक्षेप, क्रान्ति वा प्रतिक्रान्ति के हो बुझ्न चाहेनन्,' उनले भने, 'सरकारको दृष्टिकोण के हो? यसमा यो सरकारले केही बोल्न चाहेन।'

२०७३ सालमा त्यहाँ नागरिकमाथि हमला हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २४ घण्टाभित्र नै उद्दार गरेको दावी गर्दै उनले सरकार कहाँ छ? भन्दै प्रश्न गरेका थिए। 

'सार्कको अध्यक्षको हैसियतले नेपालको दृष्टिकोण के छ अफगानिस्तान प्रकरणमा? हामीले के सिक्ने हो यो घटनाबाट?,' बास्कोटाको प्रश्न थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell