PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान बल मिच्याईमा : सांसद रामबहादुर विष्ट



पहिलोपोस्ट

राष्ट्रपति कार्यालय नजिकै रहेको प्रहरी प्रतिष्ठान बल मिच्याईमा : सांसद रामबहादुर विष्ट

काठमाडौं : प्रतिनिधिसभा सदस्य रामबहादुर विष्टले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले प्रहरी प्रतिष्ठान काभ्रेमा सार्ने निर्णयको बिरोध गरेका छन्।

सोमवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद विष्टले प्रहरी प्रतिष्ठान सार्दा प्रहरीको भावनामा ठोस पुग्ने भन्दै बिरोध जनाएका हुन्।

त्यस्तै राष्ट्रपतिको निवासमा प्रहरीको तालिम गर्दा आउने आवाज, राष्ट्रपतिलाई गार्डेन र पार्किङका लागि सुरक्षा निकायको प्रतिष्ठान सार्ने सरकारको निर्णय गलत भएको बताए। प्रधानमन्त्री ओली नेतृत्व सरकारले महाजगंजमा राष्ट्रपति भवनसँगै रहेको प्रतिष्ठान काभ्रेमा सार्ने निर्णय गरेको थियो।

'प्रहरी प्रतिष्ठान सार्नुपर्ने कारण यसप्रकार रहेछ - राष्ट्रपतिलाई देश तथा विदेशमा जानुपर्दा हेलिकप्टर प्रयोग गरेर एयरपोर्टसम्म जान, प्रहरीहरुले तालिम गर्दा हल्ला हुने भएकाले, राष्ट्रपतिज्यूलाई घुम्न टहल्न एउटा सुगन्धित बगैंचा आवश्यक भएकाले,' सांसद विष्टले भने।

केही समय अघि नेपाल प्रहरीका १५ जना पूर्व महानिरीक्षकले प्रतिष्ठान सार्ने निर्णय खारेको माग गर्दै प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र समेत बुझाएका थिए। सांसद विष्टले बरु राष्ट्रपति कार्यालय नै अर्को ठाउँमा सार्नु पर्ने सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell