PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस



पहिलोपोस्ट

संसद अधिवेशन अन्त्य गर्न मन्त्रिपरिषदको सिफारिस

काठमाडौं : सरकारले प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। सोमवार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो।

अधिवेशन अन्त्य गरेको सिफारिस राष्ट्रपति कार्यालयमा पुगेको राष्ट्रपति कार्यालयको स्रोतले बताएको छ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गर्ने कानुनी व्यवस्था रहेको छ। चालु अधिवेशन बिजनेशविहीन भएपछि सरकारले अन्त्य गरेको हो। अधिवेशनबारे छलफल गर्न आइतवार कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए।

सभामुखले संसदलाई बिजनेश दिन अनुरोध गरे पनि सरकारले बिजनेश दिन नसकेपछि अधिवेशन अन्त्यको सिफारिस भएको हो। सरकारले पूर्णता नपाउँदा संसदमा रहेका विधेयकहरु अघि बढ्न सकेको छैन। प्रधानमन्त्री शेरहादुर देउवाले १६५ जना सांसदहरुको मत पाए पनि हालसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell