PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि नेपाल पक्ष जुट्यो गृहकार्यमा



पहिलोपोस्ट

सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि नेपाल पक्ष जुट्यो गृहकार्यमा

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदरु अहिले छलफलमा जुट्दै छन्। सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेपछि थप रणनीति बनाउन नेपाल पक्षका सांसदहरु भेला हुन लागेका हुन्।

नेपाल समूहका सांसद विरोध खतिवडाले सांसदहरुसँगको भेटबारे पुष्टि गरे। यद्यपि, उनले राजनीतिक भेटघाट नभएको दाबी गरेका छन्।

'यसो खाजा खानका लागि हो। भेटघाट भइरहन्छ। यो कुनै राजनीतिक भेटघाट होइन,' उनले भने।

नेपाल पक्षका एक अर्का सांसदका अनुसार आइतवारको प्रतिनिधिसभाको बैठकबाट निस्किएर अहिले भेला भइरहेका छन्।

'केही समयमै छलफल सुरु हुन्छ। पछिल्लो राजनीतिक घटनाक्रमकै बारेमा छलफल हुन लागेको हो,' ती सांसदले भने। गठबन्धनमा सहभागी नेताहरुका अनुसार प्रधानमन्त्री शेबहादुर देउवाले दल विभाजनका लागि हाल कायम रहेको राजनीतिक दल सम्बन्धि ऐनमा भएको केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत हुनुपर्ने व्यवस्थालाई संशोधन गर्न अध्यादेश ल्याउन लागेका हुन्।

यस्तै, मन्त्रिपरिषदको आइतवारको बैठकले संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेसँगै नेपाल पक्ष थप रणनीति बनाउन संवादमा जुटेको हो।  

प्रतिनिधिसभामा अध्यक्ष केपी शर्मा ओली समूहलाई छाडेर नेपाल पक्षमा आएका ७ जना गरी नेपाल पक्षमा २२ जना सांसदहरु खुलेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा २२ जनाले मत दिएका थिए भने नेपाल समूहका ११ जना सांसदहरु अनुपस्थित थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell