PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने



पहिलोपोस्ट

नेपालले त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुई ओडीआई खेल्ने
फाइल फोटो

काठमाडौं: सेप्टेम्बर महिनामा विश्वकप लिग २ अन्तर्गत नेपाल, ओमन र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिज अघि पपुवा न्युगिनीसँग दुईवटा एकदिवसिय सिरिज खेल्ने भएको छ। नेपालले सेप्टेम्बरको ५ तारिखमा डे र ८ तारिखमा डे नाइट गरी दुई ओडीआई खेल्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नेपाली टोली अहिले बन्द प्रशिक्षणमा छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान १९ जना खेलाडी प्रशिक्षणमा छन्।

यी हुन बन्द प्रशिक्षणमा रहेका खेलाडी

ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, गुलसन झा, आशिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनास बोहोरा, सहाब आलम, शुसन भारी, शरद भेषवाकर,

विक्रम शोब, पवन सर्राफ, रोहितकुमार पौडेल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell