PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बोलाए स्थायी समिति र संसदीय दलको बैठक



पहिलोपोस्ट

विकसित घटनाक्रमबारे छलफल गर्न ओलीले बोलाए स्थायी समिति र संसदीय दलको बैठक
फाइल फोटो

काठमाडौँः प्रतिनिधि सभा विघटन भएसँगै अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस हुने चर्चा चलिरहेको छ। अध्यादेश ल्याइए प्रतिपक्ष दल नेकपा (एमाले) र सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल विभाजन हुने आकलन गरिएको छ। 

अधिवेशन अन्त्य र सम्भावित अधिवेशन लगायतका समसामयिक विषयमा समेत छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक बोलाएका छन्। मंगलबार बिहान ११ बजे च्यासलमा स्थायी कमिटी बैठक बस्नेछ। 

यस्तै, मंगलबार नै संसदीय दलको बैठक पनि बोलाइएको छ। संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell