PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

काबुलबाट कुबेत हुँदै १ सय २६ पुरुष र एक महिला आइपुगे काठमाडौं



पहिलोपोस्ट

काबुलबाट कुबेत हुँदै १ सय २६ पुरुष र एक महिला आइपुगे काठमाडौं

काठमाडौंः अफगानिस्तानमा रहेका नेपालीहरुमध्ये १ सय २७ जना  काठमाडौं फर्किएका छन्।

उनीहरु आज बिहान काठमाडौं विमानस्थलमा अवतरण भएका हुन्। उनीहरु चार्टर गरिएको जजिरा एयरलाइन्सबाट नेपाल आएका हुन्। उनीहरुलाई कुबेत हुँदै नेपाल ल्याइएको त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जि शेर्पाले जानकारी दिए। उनीहरुलाई विमानस्थलबाट नेपाली सेनाले गोंगबुमा बनाइएको क्वारेन्टाइनमा राख्ने छ।

अमेरिकी सेनाको जहाजले कतारको दोहामा छाडेको उनीहरुलाई कतार एयरलाइन्सले काबुलबाट चार्टर उडानमार्फत कुबेत ल्याएको थियो। 

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई चाँडै उद्धार गर्ने निर्णय गरेको छ। नेपालीलाई उद्धार गर्नका लागि भनेर १२ दिन पछिलाई चार्टर उडान बुक गरेको छ।

करिब १५ सय नेपाली रहेको अफगानिस्तानमा नेपाली लिनका लागि नेपाल वायु सेवा निगमको विमान बुक भएको निगमका प्रबन्ध निर्देशक डीमप्रसाद पौडेलले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell