PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कल्पनाको स्थानमा निर्मलालाई प्रदेशसभा सदस्य बनाउन जसपाको सिफारिस



पहिलोपोस्ट

कल्पनाको स्थानमा निर्मलालाई प्रदेशसभा सदस्य बनाउन जसपाको सिफारिस

बुटवल : जनता समाजवादी पार्टी (जसपा) नेपालले निर्मला मुडभरी भट्टराईलाई लुम्बिनी प्रदेशसभा सदस्यमा मनोनीत गर्ने तयारी गरेको छ।

समानुपातिक कोटमा सांसद बनेकी कल्पना पाण्डेलाई पदमुक्त गरेसँगै जसपाले समानुपातिक उम्मेदवारको बन्द सूचीमा रहेकी निर्मलालाई सांसद बनाउने तयारी गरेको हो।

समानुपातिक उम्मेदवारको बन्दी सूचीमा रहेकी निर्मलालाई कल्पनाको स्थानमा सांसद बनाउने तयारी भइरहेको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए। जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव समूहले पाएपछि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री रहेकी पाण्डेलाई कारबाही गर्दै सांसदबाट पदमुक्त गरेको थियो।

जसपाले उनीसहित पोखरेल नेतृत्वको सरकारमा सहभागी विजय यादव र सन्तोष पाण्डेयलाई पनि सांसदबाट पदमुक्त गरेको थियो। पदमुक्त भएकी पाण्डे समानुपातिक सांसद हुन् भने अन्य दुई जना प्रत्यक्ष निर्वाचित सांसद हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell