PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

सरकारी कर्मचारीलाई आम माफी दिँदै तालिवानको आग्रह – नियमित काममा फर्किनुस्, थप सुरक्षा प्रदान गर्नेछौँं



पहिलोपोस्ट

सरकारी कर्मचारीलाई आम माफी दिँदै तालिवानको आग्रह – नियमित काममा फर्किनुस्, थप सुरक्षा प्रदान गर्नेछौँं
PHOTO: REUTERS

सिंगो अफगानिस्तान नियन्त्रणमा लिएको तालिवान समूहले सबै सरकारी कर्मचारीलाई आम माफी दिने घोषणा गर्दै काममा फर्किन निर्देशन दिएको छ। काबुलमाथि नियन्त्रण लिएको दुई दिनपछि तालिवानले यस्तो घोषणा गरेको हो।

‘सबैलाई आम माफीको घोषणा गरिएको छ। त्यसैले तपाईँहरु नियमित काममा, दैनिक काम पूर्ण मनोबलका साथ सुरु गर्नुपर्छ,’ तालिवानले भनेको छ।

त्यस्तै, तालिवानका एक नेता त्यहाँको एक अस्पतालमा पुगेर अस्पतालका चिकित्सक तथा कर्मचारीहरुलाई सम्बोधन गर्दै आफ्नो कामलाई पूर्ववत रुपमा जारी राख्न निर्देशन दिएका छन्। ती नेताले त्यहाँ कार्यरत महिला कर्मचारीहरुले समेत आफ्नो काम गर्नसक्ने भन्दै उनीहरुको सुरक्षा यसअघि भन्दा बढी प्रदान गरिने उल्लेख गरेको इस्लामिक इमिराट्स अफ अफगानिस्तानका प्रवक्ता डाक्टर एम नाइमले ट्वीट गरी जानकारी दिएका छन्।

त्यस्तै, इस्लामिक इमिराट्सका उपप्रमुख साहिद मुहम्मद याकुले लडाकुहरुलाई सम्बोधन गर्दै सरकारी कर्मचारीहरुको घरमा प्रवेश नगर्न निर्देशन दिएका छन्। अडियो सम्बोधन जारी गर्दै उनले यस्तो निर्देशन दिएका हुन्। 

‘पूर्व कर्मचारीहरुको घरमा प्रवेश गर्न कसैलाई पनि अनुमति छैन। उनीहरुसँग कार माग्ने, चेतावनी दिने लगायतका कुरालाई गम्भीर रुपमा लिइने छ र त्यस्ता कार्य गम्भीर रुपमा कारवाही योग्य हुनेछन्,’ निर्देशनमा भनिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell