PahiloPost

May 15, 2024 | २ जेठ २०८१

ओलीकै पथमा देउवा : राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी हुँदा एमालेमा खैलाबैला



पहिलोपोस्ट

ओलीकै पथमा देउवा : राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी हुँदा एमालेमा खैलाबैला

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजनका लागि सहज बनाउनेगरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेसँगै नेकपा एमाले तरङ्गित भएको छ।

हिजो मध्य रात प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि अध्यादेश आउँदै गरेको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एक रहन आह्वान गरेका थिए। साथै उनले अध्यादेशको खुलेर विरोध जनाएका थिए।

आज बिहान बसेको मन्त्रिपरिषदले अध्यादेश प्रकृयालाई अगाडि बढाएको छ। त्यससँगै नेकपा एमालेको माधवकुमार नेपाल पक्षधर सांसदहरु अहिले सिंहदरबारमा छलफलमा जुटेका छन्। नेपाल पक्षको यो भेला सिंहदरबारस्थित अर्थ समितिको हलमा चलिरहेको छ। सरकारले अध्यादेश ल्याए के गरेर अघि बढ्ने भन्नेमका नेताहरु छलफल गरिरहेका छन्।

यता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदे सिंहदरबारमा आजै संसदीय दलको बैठक बोलाएका छन्। देउवा सरकारले संसद अधिवेशन अन्त्य गर्दै अध्यादेश ल्याउने तयारी गरेपछि ओलीले बैठक बोलाएका हुन्। ओलीले अध्यादेश ल्याए 'प्रतिकार' गर्ने चेतावनी दिइसकेका छन्।

कुनैबेला संघीय समाजवादी पार्टी विभाजन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले यसैगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएका थिए। तर, उनको त्यतिखेरको प्रयास खेर गएको थियो। उनकै सिको गर्दा प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहमतिमा अध्यादेश अगाडि बढाएका हुन्।

त्यसबाट तरङ्गित भएका एमाले अध्यक्ष ओलीले मध्य रातमा वक्तव्य जारी गरेका थिए। साथै नेकपा एमालेको ओली पक्षीय संसदीय दलको बैठक पनि डाकिएको छ। सिंहदरबारमा नै ३ बजे दलको बैठक डाकिएको हो।

यता लामो समयदेखि माधव नेपाल समूहबाट टाढै रहेका वामदेव गौतम र उनकी पत्नी पनि नेपाल समूहमा खुलेका छन्। माया ज्ञवाली पनि नेपाल पक्षतिर खुलेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell