PahiloPost

May 12, 2026 | २९ बैशाख २०८३

सरकारले राजनीतिक अध्यादेश ल्याएर प्रतिवाद गर्ने ओलीको उद्घोष



पहिलोपोस्ट

सरकारले राजनीतिक अध्यादेश ल्याएर प्रतिवाद गर्ने ओलीको उद्घोष

काठमाडौं : सरकारले दल विभाजन सम्बन्धि अध्यायदेश ल्याए नेकपा एमालेले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ।

आज बसेको स्थायी कमिटीको बैठकले गठबन्धनको सरकारले राजनीति दल सम्बन्धि अध्यादेश ल्याउने तयारी गरेको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

'संसद अधिवेशनलाई आकस्मिक रुपमा अन्त्य गरेर पार्टी विभाजनको लागि अध्यादेश ल्याउने प्रमुख प्रतिपक्ष दलभित्रका केही अराजक र पदलोलुप व्यक्तिहरुलाई विभाजनको लागि वैधानिक आधार पैदा गर्ने र लोकतान्त्रिक पद्धतीभित्र चरम विकृति र भ्रष्टाचार भित्र्याउने जुन तयारी गरिँदैछ। यो विषय अन्त्यन्त आपत्तिजन, निन्दनीय र अस्वीकार्य छ,' नेता ज्ञवालीले भने।

सरकारको यस्ता गतिविधिको खबरदारी गर्दै सशक्त प्रतिवाद गर्ने चेतावनी समेत दिएका थिए उनले।

सरकारको सिफारिसमा सोमवार राति १२ बजेपछि संसद अधिवेशन अन्त्य भइसकेको छ। त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आज आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका थिए। बैठकले अध्यादेश ल्याउने निर्णय गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell