PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

वैचारिक मतभेद भन्दै राजीनामा दिएका गण्डकी प्रदेश संयोजकलाई फकाउने प्रयासमा रवीन्द्र मिश्र 



पहिलोपोस्ट

वैचारिक मतभेद भन्दै राजीनामा दिएका गण्डकी प्रदेश संयोजकलाई फकाउने प्रयासमा रवीन्द्र मिश्र 

पोखरा : विवेकशील साझा पार्टीका गण्डकी प्रदेश संयोजक एवं सचिवालय सदस्य महेश भण्डारीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्। 

प्रदेशका एकजना पार्टी सदस्यका अनुसार भण्डारीले १० दिन अगाडि नै राजीनामा बुझाएका हुन्। तर, उनको राजीनामालाई पार्टी अध्यक्ष रवीन्द्र मिश्रले अस्वीकार गरेका छन्। 

पार्टीभित्रको राजनीतिक विषयका कारण राजीनामा दिएका भण्डारीलाई फकाउन अहिले पार्टी अध्यक्ष मिश्र लागिपरेका छन्। भण्डारी भने पार्टीका केन्द्रीय सदस्य तथा व्यक्तिसँग सम्पर्कमा छैनन्। 

यता प्रदेशमा भने भण्डारीले राजीनामा दिएलगत्तै राजनीतिक विषयको समस्या टुंगाउन वार्ता समिति गठन भएको छ। उनले राजीनामा दिएपछि समस्या समाधान गर्न दुई चरणको भेटवार्ता भइसकेको छ। 

'उहाँलाई चित्त नबुझेको कुरा के-के छन् , के-के चिज सुधार गरे उहाँ पार्टीमा फर्किन सक्नुहुन्छ, राजीनामा फिर्ता हुने चान्सेस के-के छ? वार्ता कमिटी बनाएर दुईचरणको भेटवार्ता भइसकेको छ,' ती सदस्यले भने । 

उनका अनुसार भण्डारीले राजीनामा दिनुको मुख्य कारण रवीन्द्र मिश्रको व्यक्तिगत धारण सार्वजनिक हुनु हो। 'बिचमा मिश्र र पाण्डेको जुन लाइन आयो अचम्म खालको दस्तावेज आइसकेपछि एक खालको असहमति थियो। त्यसैले राजीनामा दिनुभएको हो तर केन्द्रले स्वीकार गरेको छैन,' उनले भने। 

उनका अनुसार  रविन्द्र मिश्र र पाण्डेले भण्डारीको राजीनामा स्वीकृत गर्न नसक्ने बताइसकेका छन्। मिश्रले राजीनामा फिर्ता लिन अनुरोध गर्दै सम्पर्क गर्न खोजेका छन्।

मिश्र लगायत पार्टीका अन्य सदस्यले पनि भण्डारीलाई पार्टीभित्र राख्न प्रयास गरिरहेका छन्। प्रदेश सदस्यका अनुसार भण्डारीको आगमनपछि प्रदेशमा पार्टीको मोबिलिटी बढेको थियो। व्यक्तिगत कामका लागि भण्डारी अस्तिमात्र काठमाडौं पुगेका छन्। त्यहाँ भण्डारीले राजनीतिक भेटवार्ता गर्ने सम्भावना पनि न्युन रहेको प्रदेश पार्टी सदस्यको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell