PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग खेल्ने



पहिलोपोस्ट

नेपाली राष्ट्रिय महिला फुटबल टोलीले असोज २ गते फिलिपिन्स र ५ गते हङकङसँग खेल्ने

काठमाडौं: नेपाली राष्ट्रिय महिला फुटबल टोलीले हङकङ र फिलिपिन्ससँग खेल्ने मिति तय भएको छ। एएफसी एसियन कप क्वालिफायर्स अन्तर्गतको खेलमा नेपालले पहिलो खेल फिलिपिन्सविरुद्ध असोज २ गते र हङकङविरुद्ध असोज ५ गते खेल्नेछ।

दुबै खेलहरु उज्बेकिस्तानस्थित टासकेन्टको जार स्टेडियममा हुनेछ। यसअघि खेल आयोजनाको जिम्मेवारी नेपालले पाएको भए पनि यहाँको बढ्दो कोभिड १९ को महामारीका कारण खेल उज्वेकिस्तानमा स्थानान्तरण गरिएको हो।

समूहको विजेता टोलीले २०२२ मा भारतमा हुने एएफसी वुमन्स एसियन कपमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

प्रतियोगिताका लागि २८ जना खेलाडी बन्द प्रशिक्षणमा छन्।

यी हुन् बन्द प्रशिक्षणमा रहेका खेलाडी

अञ्जना रानामगर, एञ्जिला तोम्बाफो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैशी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइबा, बिमला विक, बिमला चौधरी, दीपा राई, गीता राना, हेमा चौधरी, हीरा कुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मञ्जली तामाङ, निशा थोकर, प्रीति राई, पुजा राना, पुनम जर्घा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शर्मिला थापा, शृजना सिंह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell