PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

संसद सचिवालय पुग्यो माधव नेपालसहित १४ सांसदलाई हटाउने ओलीको पत्र



पहिलोपोस्ट

संसद सचिवालय पुग्यो माधव नेपालसहित १४ सांसदलाई हटाउने ओलीको पत्र

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धि अध्यादेशको प्रकृया अगाडि बढाएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल सहित १४ सांसदलाई हटाउन संसद सचिवालयमा पत्र पठाएका छन्।

संसद सचिवालयले ओलीको पत्रअनुसार आन्तरिक कारवाही पूरा गरेर १४ जनाको पद रिक्त भएको सूचना निकालेपछि निर्वाचन आयोगमा त्यस सम्बन्धी जानकारी गराइनेछ।* पार्टीको निर्णय नमानी ह्वीप उल्लंघन गरेको भन्दै ओलीले यी सांसदमाथि कारवही गरेका हुन्।

सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएपछि ओली समूह माधव नेपाल समूहप्रति आक्रमक बनेको हो।

ओलीले हटाउन सिफारिस गरेका सांसद्हरु

ओलीले मध्यमार्गमा रहेका माधवकुमार नेपाल समूहका नेतालाई भने कारवाहीको प्रकृयामा सामेल गरेका छैनन्। को को छन् त कारवाहीको सूचीमा?

सूचीमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कल्याण खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, कुश्वकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन्।

*(यसअघि असावधानीवस निर्वाचन आयोग पुगिसकेको भन्ने शब्द पर्न गएकोमा सच्याइएको छ। - सं)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell