PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

दल विभाजन अध्यादेशको बागमती प्रदेश सभामा विरोध, नियमावली संशोधन गर्न समिति गठन



निशा गुरुङ

दल विभाजन अध्यादेशको बागमती प्रदेश सभामा विरोध, नियमावली संशोधन गर्न समिति गठन
फाइल फोटो

हेटौँडाः संघीय सरकारले सिफारिस गरेको राजनीतिक दल ऐन संशोधन अध्यादेशको बागमती प्रदेश सभामा विरोध भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निकट सांसदहरुले अध्यादेशको विरोध गरेका हुन्।

प्रदेश सभामा सत्ता पक्षका सांसदहरुले विरोध गरेका हुन्। सभाको शून्य समयमा सदस्यहरुले पार्टी फुटाउने अध्यादेश स्वीकृत गर्न नहुने भन्दै ध्यानाकर्षण समेत गराएका छन्‍।

सदस्यहरुले अफगानिस्तानमा फसेका नेपालीहरुको उद्दार गर्न पनि ध्यानाकर्षण गराएका थिए।

नियमावली संशोधन गर्न समिति

यस्तै सभामा नियमावली संशोधन मस्यौदा समिति गठन भएको छ। मंगलबारको बैठकले १३ सदस्यीय मस्यौदा समिति गठन गरेको हो।

समिति गठनसम्बन्धी प्रस्ताव सभामा नेकपा (एमाले) की सांसद जुनेली माया श्रेष्ठले गरेकी थिइन्। श्रेष्ठको प्रस्तावलाई प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), विवेकशील साझाले पनि समर्थन गरेका थिए।

माओवादी केन्द्रका सचेतक वुद्धिमान माझी, कांग्रेसका सन्त प्रजा,  विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ र एमालेका बद्री मैनालीले समर्थन गरेका हुन्।

यस्तै नियमावलीको प्रस्तावना र विभिन्न नियममा रहेका प्रदेशको नम्बरलाई नामले प्रतिस्थापन गर्न, मत विभाजनका क्रममा मत दिन्न भन्ने विकल्प थप गर्न नियमावली संशोधन गर्न लागिएको हो।

यस्तै मन्त्रालयको कार्य विस्तृतीकरण अनुसार कार्यक्षेत्र हेरफेरका लागि पनि संशोधन गर्ने लागिएको सभामा पेस भएको प्रस्तावमा उल्लेख छ।

संशोधनको मस्यौदा पेस गर्न समितिलाई गठन मितिले १५ दिनको समय दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell