PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

सर्वोच्चमा स्थापना भयो न्यायिक संग्रहालय



रासस

सर्वोच्चमा स्थापना भयो न्यायिक संग्रहालय

काठमाडौँः नेपालको न्याय प्रणाली र न्यायिक इतिहासको बारेमा एकै ठाउँमा जानकारी गराउन सकिने उद्देश्यले सर्वोच्च अदालतमा न्यायिक सङ्ग्रहालयको निर्माण गरिएको छ।

नेपालको न्यायक्षेत्रको समग्र इतिहास झल्कने गरी निर्माण गरिएको सङ्ग्रहालयको  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले उद्घाटन गरे। उनले  सङ्ग्रहालयमार्फत न्याय र कानूनी क्षेत्रका भावी पुस्तालाई नेपालको न्यायप्रणालीको विकास, अवस्था र परिवर्तनका विषय अध्ययन गर्ने सहयोग मिल्ने बताए।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाका ऐतिहासिक वस्तु सङ्कलन गरेर सङ्ग्रहालयलाई अझै बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

न्यायिक सङ्ग्रहालय स्थापनामा संयोजकको रुपमा काम गरेकी न्यायाधीश सपना प्रधान मल्लले राज्यका निकायले ऐतिहासिक पुरातात्विक विषय सङ्ग्रहित गरेर राख्नुपर्ने बताइन्। उनले उक्त सङ्ग्रहालय नेपालको न्याय र कानुन क्षेत्रको विकासको सजिव इतिहास बन्ने विश्वास व्यक्त गरिन्।  

न्याय सम्पादनका क्रममा विभिन्न समयमा भएका महत्वपूर्ण फैसला, न्यायायाधीश तथा न्यायपालिकाले प्रयोग गरेका पुराना सामग्री, न्याय र कानुनी क्षेत्रका पुरातात्विक सामग्री सङ्ग्रहालयमा सङ्ग्रहित गरिएको छ। सङ्ग्रहालयमा करिब ३५० सामग्री तयार पारिएको छ। प्रदर्शनी कक्षको अभावमा तत्काल १५ प्रकृतिका फरक सामग्री राखिएको छ। भौतिक संरचना स्थापनापछि सबै सामग्री र थप सामग्रीसमेत गरी डिजिटल सङ्ग्रहालयको स्थापना गरिने मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले जानकारी दिए।

कार्यक्रममा सङ्ग्रहालय स्थापनामा सहयोग पुर्‍याउने पदाधिकारी तथा कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell