PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

डर्टमण्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि, लेवान्डोस्कीको दोहोरो गोल



पहिलोपोस्ट

डर्टमण्डलाई हराउँदै बायर्नले जित्यो जर्मन सुपर कपको उपाधि, लेवान्डोस्कीको दोहोरो गोल
Photo: Bundesliga

रोबर्ट लेवान्डोस्कीको दोहोरो गोलको सहायतामा बायर्न म्युनिखले बोरुसिया डर्टमण्डलाई हराउँदै जर्मन सुपर कपको उपाधि जितेको छ। वेस्टफलेनस्टेडियनमा सम्पन्न खेलमा बायर्नले ३-१ गोलअन्तरले जित निकाल्दै उपाधि जितेको हो।

खेलको ४१ औं मिनेटमा रोबर्ट लेन्वान्डोस्कीको गोलमा अग्रता बनाएको बायर्न पहिलो हाफमा एक गोलले अघि रह्यो। दोस्रो हाफमा थोमस मुलरले बायर्नको दोस्रो गोल थपे। उनले खेलको ४९ औं मिनेटमा गोल गरे। अर्कोतर्फ डर्टमण्डका लागि मार्को रेउसले ६४ औं मिनेटमा सान्त्वना गोल गरेका थिए। त्यस्तै खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले नै बार्यनका लागि अर्को गोल थपेका थिए।

जर्मन सुपर कपमा जर्मन लिग बुण्डेसलिगा र डिफपी पोकलको विजेताबीच हुने गर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell