PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

बुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे अफगानिस्तानबाट



वसन्तराज उप्रेती

बुधवार बिहान तेस्रो लटमा ६१ जना नेपाली आइपुगे अफगानिस्तानबाट

काठमाडौं : अफगानिस्तान तालिवानले नियन्त्रणमा लिएपछि त्यहाँबाट विभिन्न देशका नागरिकले देश छड्ने क्रम जारी छ। त्यहाँ रहेका नेपालीहरुले पनि स्वदेश फर्कन चाहिरहेका छन्।

यसकै क्रममा काबुलमा अलपत्र परेका नेपालीहरु आउने क्रम जारी छ। बुधवार बिहान तेस्रो लटमा ६१ नेपाली काठमाडौं आइपुगेका छन्। बिहान ९:१० बजे कतार एयरवेजको नियमीत उडानमार्फत उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।

'विहान ९:१० बजे अवतरण भएको कतार एयरवेजको नियमीत उडानमार्फत ६१ जना यात्रु काबुल, दोहा हुँदै नेपाल आइपुगेका हुन्,' त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने।

यसअघि मंगलवार दुई लटमा नेपालीहरु काठमाडौं आइपुगेका थिए। जजिरा एअरवेजबाट हिजो पहिले ११८ जना र दोस्रो लटमा ८७ जना नेपाली आइपुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell